Breaking News.... EverestOnlineKhabar
March 14, 2026

सानेपामा सञ्चालित जुवा अखडामा प्रहरी छापा, २३ पक्राउ

Loading

ललितपुर,२० जेठ ।
काठमाडौंको सानेपास्थित एक निजी घरमा सञ्चालित अवैधानिक जुवा अखडामा प्रहरी छापा मारी २३ जनालाई पक्राउ गरेको छ । प्रहरीले जुवा अखडा सञ्चालक तीनमध्ये दुई जनालाई समेत पक्राउ गरेको छ । सञ्चालक कपिल नागपाल र तारा शर्मा पक्राउ परेका छन् । सञ्चालकमध्ये एक रमेश अग्रवालको खोजी भइरहेको प्रहरीले स्रोतले बतायो । जुवा खालमा प्रहरीले करिब ६० लाख रुपैयाँ बरामद गरेको छ ।
सानेपास्थित चारतले निजी घरमा केन्द्रिय अनुसन्धान व्यूरोको टोलीले शुक्रबार साँझ छापा मारेको हो । व्यूरोकी प्रवक्ता मिरा चौधरीले उक्त घरमा संगठित रुपमा क्यासिनो शैलीमा जुवा खेलाइने गरेको बताइन् । उनले भनिन्ःंक्यासिनोमा राखिने क्वाइनसमेत प्रयोग गरेर जुवा खेलाइदो रहेछ,पक्राउ परेका सबै नेपालीहरु हुन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.