Breaking News.... EverestOnlineKhabar
March 14, 2026

अन्ततःअख्तियारको फन्दामा परे आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मा

Loading

काठमाडौ,२० जेठ ।
आन्तरिक राजस्व विभागका महानिर्देशक चुणमणि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। पदको दुरुपयोग गरी राजस्व निर्धारण हिनामिना गरेको भन्दै अख्तियारले शर्मालाई शुक्रबार १२ः३० बजे पक्राउ गरेको हो।
शर्मालाई पक्रिन अख्तियारको टोली आन्तिरक राजस्व कार्यालय लाजिम्पाट पुगेको थियो। एनसेल बिक्री प्रकरणमा महानिर्देशक शर्माले विक्रेताले राजस्व बुझाउनु नपर्ने तर्क राख्दै आएका थिए। शर्माको तर्क स्थापित हुँदा टेलियासोनेराले नेपाल सरकारलाई बुझाउनु पर्ने ३३ अर्बभन्दा बढी पूँजीगत लाभकर सरकारले पाउन सकेको छैन। एनसेल बिक्री गरेर टेलिया स्वीडेन फर्किसकेको अवस्थामा सरकारको राजस्व उठ्ने सम्भावना न्यून हुँदै गएको अवस्थामा अख्तियारले शर्मालाई पक्राउ गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.