Breaking News.... EverestOnlineKhabar
March 12, 2026

दोस्रो चरणको चुनावमा तालमेल नगर्ने एमालेको घोषणा,अब एक्ले भिड्ने

Loading

काठमाडौ,१६ जेठ ।
एमालेले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा केन्द्रीय स्तरबाट कुनै पार्टीसँग पनि तालमेल नगर्ने भएको छ । पहिलो चरणको तालमेलले प्रभावकारी परिणाम दिन नसकेको निष्कर्ष निकाल्दै एमालेले यस्तो निर्णय गरेको हो ।
नेपाली कांग्रेससँग मुख्य प्रतिष्पर्धा हुने भन्दै एमालेले आफ्नो संगठन र कार्यक्रमको आधारमा जित्न सकिने निष्कर्ष निकालेको हो । एमाले नेता प्रदिप ज्ञवालीले भनेः‘पहिलो चरणको गठबन्धन प्रभावकारी बन्न सकेन, त्यसको विभिन्न कारण होलान । समीक्षा हुन्छ, दोस्रो चरणमा पनि संगठन र मुद्दाको बलमा लड्ने हो । आमरुपमा एक्लै लड्छौं ।’ उनले स्थानीय तहको आवश्यकता आधारमा चुनावी गठबन्धन नकार्न नसकिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.