Breaking News.... EverestOnlineKhabar
March 19, 2026

पुल बनाउने क्रममा करेन्ट लागेर मजदुरको मृत्यु

Loading

झापा,१० जेठ ।
करेन्ट लागेर झापाको गौरीगञ्ज गाउँपालिकामा एक भारतीय नागरिकको मङ्गलबार बेलुका मृत्यु भएको छ । गौरीगञ्ज गाउँपालिका–६ स्थित रामचन्द्र खोलाको पुल बनाउने मजदुर भारत घर भएका २० वर्षीय अर्पण मेचेको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार मेचेलाई ढलान मेसिन बन्द गर्ने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर अचेत भएका उनलाई उपचारका लागि लाइफलाइन अस्पताल दमक पुर्याएलगत्तै उनको मृत्यु भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.