Breaking News.... EverestOnlineKhabar
March 5, 2026

काठमाण्डु, भक्तपुर र ललितपुरको मतगणना आजै हुने

Loading

 ३१ बैशाख, काठमाडौ । मतदान समय सकिएसँगै उपत्यकाका दुई महानगरपालिका काठमाडौं र ललितपुरमा आजै मतगणना सुरु हुने भएको छ ।

जिल्ला निर्वाचन अधिकृतहरुले दिएको जानकारी अनुसार भक्तपुरका चारै नगरपालिकामा पनि आजै मतगणना सुरु गर्ने तयारी भइरहेको छ ।

मतदान सम्पन्न भएपछि प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका संकलन गर्ने र गणना सुरु गरिने ललितपुरका प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले जनाए ।

ललितपुर महानगरपालिकाले वडा नम्बर १ बाट मतगणना थाल्ने तयारी भएको छ । प्रमुख निर्वाचन अधिकृत दवाडीले उम्मेदवारहरुले नै आजदेखि मतगणना गर्न चाहेकाले त्यस्तो तयारी गरेको बताए ।

यस्तै भक्तपुर नगरपालिकाले पनि आजैबाट मतगणना गर्ने तयारी रहेको छ । प्रमुख निर्वाचन अधिकृत भोजराज शर्माले सर्वदलिय बैठक राखेर आजैबाट मतगणना गराउन लागेको जानकारी दिए ।

सबै केन्द्रबाट मतपेटिका आएपछि दलहरुको सहमतिमा आजैबाट मतगणना थालिने उनले जानकारी दिए ।

प्रमुख निर्वाचन अधिकृत शर्माले जिल्लाका अन्य ३ नगरपालिकाहरुमा पनि आजै मतगणना गर्ने तयारी गरेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.