Breaking News.... EverestOnlineKhabar
March 5, 2026

उत्तर कोरियाद्वारा नयाँ क्षेप्यास्त्र परीक्षण

Loading

उत्तर कोरिया

दक्षिण कोरियाबाट आएका विवरणहरुमा उत्तर कोरियाले अर्को ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको जस्तो देखिएको छ।

दक्षिण कोरियाको सेनाले पहिचान नखुलेको एउटा क्षेप्यास्त्र उत्तर पश्चिम शहर गुसङबाट प्रहार गरिएको र त्यो झण्डै ७ सय किलमिटरमाथि सम्म उडेको जनाएको छ।

जपानको सरकारले उक्त क्षेप्यास्त्र जापानी समुद्रमा खसेको जनाएको छ।

दक्षिण कोरियाका नयाँ राष्ट्रपति मुन जे इनले राष्ट्रिय सुरक्षा परिषदको आपतकालीन बैठक आयोजना गरेको समाचारहरु आएका छन्।

निरन्तर

दुई हप्ताअघि उत्तर कोरियाले गरेको एउटा क्षेप्यास्त्र परीक्षण केही मिनेटमा नै विफल भएको थियो।

प्योङयाङले संयुक्त राष्ट्रसंघका प्रतिबन्धहरुलाई उल्लंघन गर्दै पाँच वटा परमाणु परीक्षण गरिसकेको छ र लामो दुरीमा मार हान्न सक्ने क्षेप्यास्त्रहरुको विकास गर्ने प्रयासलाई निरन्तरता दिएको छ।

, उत्तर कोरियाको पछिल्लो अवस्था विस्तारै क्युबाली क्षेप्यास्त्र संकट जसरी विकास भइरहेको देखिन्छ।

अक्टोबर १९६२ मा भूउपग्रहमार्फत खिचिएका तस्वीरले सोभियत संघले फ्लोरिडाको तटीय क्षेत्रभन्दा केही बाहिर क्युबाली भूभागमा क्षेप्यास्त्र अखडा निर्माण गरिरहेको देखाएको थियो।

तत्कालीन अमेरिकी राष्ट्रपति केनेडीले आफूलाई उक्त कदम मान्य नहुँने भन्दै त्यसले “लक्ष्मण रेखा” पार गरेको प्रतिक्रिया दिएका थिए।

युद्ध नै हुने परिस्थिति देखिएपछि सोभियत नेता ख्रुस्चेभ पछाडी फर्किएका थिए।

लक्ष्मण रेखा

अहिलेसम्म उत्तर कोरियाका लागि राष्ट्रपति ट्रम्पले निर्धारण गरेको लक्ष्मण रेखा के हो भन्ने प्रष्ट भइसकेको छैन।

उत्तर कोरिया

चीनसमेत संलग्न हुनसक्ने भएकाले ट्रम्पले साँच्चै नि विध्वंशकारी किसिमको युद्धको नीति अंगाल्न सक्छन् वा सक्दैनन् भन्ने प्रश्न पनि तेर्सिएका छन्।

ट्रम्पले अमेरिकी मूलभूमिसम्म प्रहार गर्ने क्षमताका क्षेप्यास्त्र विकास गर्न उत्तर कोरियालाई नदिने बताउँदै आएका छन्।

हालै उनले उत्तर कोरियाली नेता किम जङ उनसँग कुराकानी गर्ने बताएका थिए तर साथै उत्तर कोरियासँगै एकदमै ठूलो द्वन्द्व हुनसक्ने चेतावनी पनि दिएका थिए।

सोलमा निर्वाचित नयाँ राष्ट्रपति पनि वार्ताका लागि तत्पर देखिन्छन्।

क्षेप्यास्त्र परीक्षणको निरन्तरतासँगै सैन्य कारबाहीबारे वासिङटनले कहिले निर्णय गर्ला र त्यस्तो निर्णयप्रति सोलको प्रतिक्रिया कस्तो होला भन्ने जस्ता प्रश्नहरुको जवाफ अझै स्पष्ट भइसकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.