Breaking News.... EverestOnlineKhabar
April 11, 2026

एमालले विजय प्राप्त गरेरै छोड्छःपूर्वप्रधानमन्त्री खनाल

Loading

नुवाकोट,२८ बैशाख ।
नेकपा एमालेका वरिष्ठ नेता एंव पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेले मुलुकको राजनीतिमा विजयी प्राप्त गरेरै छाड्ने जिकिर गर्नुभएको छ । नेता खनालले मुलुक अहिले नेकपा एमालेको एजेण्डामा चलिरहेको चन्दै जसको निनी उसकै नेतृत्व आवश्यक रहेको बताउनुभयो । नुवाकोटको लिखु गाँउपालिकामा भएको चुनावी सभालाई सम्बोधन गर्दै नेता खनालले एमालेले मात्रै मुलुकलाई सम्बृद्धि तर्फ उन्मुख गराउन सक्ने जिकिर गनुृभयो ।
उहाँले नेपालको राजनीतिमा नेकपा एमाले सम्पूर्ण राजनीतिक दलहरुको नेता पार्टी भएकाले सबै राजनीतिक दलहरुले एमालेको नेतृत्वलाई नेता स्वीकार गरेर जानुको विकल्प नभएको धारणा राख्नुभयो । पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले नयाँसंविधान अनुसार राज्यपुर्नसंरचना गरी बनाईएका ७४४ स्थानीय तह निकै महत्वपूर्ण रहेको भन्दै स्नाथीय तहले आर्थिक सम्बृद्धिमा टेवा पुर्याउने धारणा राख्नुभयो ।

गणतन्त्र,संघीयता र समाजमा समानता एमालेकै कारणले प्राप्त भएको भन्दै नेता खनालले मुलुकको सम्बृद्धि र विकास गर्ने पार्टी एमाले मात्रै भएको जिकिर गर्नुभयो । लिखु गाउँपालिकाका अध्यक्ष प्रदिपकुमार पाठकको अध्यक्षतामा भएको कार्यक्रममा नुवाकोटका प्रभावशाली युवा नेताहरुको समेत सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed