Breaking News.... EverestOnlineKhabar
April 26, 2026

बिहीबार मतदाता परिचयपत्र वितरण र मतदाता शिक्षा सँगसँगै

Loading

काठमाडौ,२७ बैशाख ।
आउँदो आइतबार हुने स्थानीय तह चुनावको लागि बुधबार सबै मतदान केन्द्रमा निर्वाचन अधिकृत पुग्ने भएका छन् । धेरै केन्द्रमा निर्वाचन अधिकृत पुगिसकेका र बाँकी केन्द्रमा पनि बुधबार बेलुकासम्म पुगिसक्ने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन अधिकृतसँगै मतपत्र, मतपेटिका लगायतका सामग्री पनि पुगिसक्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । बिहीबारदेखि मतदाता परिचयपत्र वितरण हुनेछ । बिहीबार, शुक्रबार र शनिबार सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण गर्ने तयारी छ ।
मतदान गर्न मतदाता परिचयपत्र अनिवार्य चाहिने भएकाले आफ्नो मतदान केन्द्रबाट परिचयपत्र लिन आयोगले सबैसँग आग्रह गरेको छ । आयोगका अनुसार आफ्नो मतदाता परिचयपत्र लिन मतदाता आफै केन्द्रमा जानुपर्छ, जान नसक्ने भएमा परिवारका सदस्यमार्फत लिन मन्जुरीनामा दिएर पठाउन सकिनेछ ।
आयोगले बिहीबारदेखि नै मतदान केन्द्रमै मतदाता शिक्षा कार्यक्रम पनि संचालन गर्ने भएको छ । ३ दिनसम्म ६ हजार ६ सय ४२ वटै मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता परिचालन गरी मतदातालाई मतदान गर्ने तरिका लगायत कुरा सिकाइने आयोगले जनाएको हो ।
सबै मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण गर्ने क्रममा नै मतदातालाई स्वयंसेवकले मतदान गर्ने सही तरिका लगायतबारे सिकाउने आयोगको तयारी छ । मतदाता परिचयपत्र लिन जाँदा भोट हाल्ने सही तरीका सिक्न आयोगले सबैसँग आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed