Breaking News.... EverestOnlineKhabar
March 14, 2026

कामपा वडा नम्बर ३१ वडा अध्यक्ष रवीन्द्रबिक्रम राणा चुनावी प्रचारमा व्यस्त

Loading

काठमाडौ,३१ बैशाख ।
काठमाडौ महानगरपालिका वडा नम्बर ३१ नेपाली कांग्रेसका तर्फवाट अध्यक्षमा रवीन्द्रबिक्रम राणाको उम्मेद्वारी परेको छ । अन्य पार्टीका प्रत्यासी भन्दा राणाको प्रत्यासी निकै महत्वका साथ हेरिएको छ । किनभने राणा वडा नम्बर ३१ मा निकै परिचित र समाजसेवीका दृष्ट्रिले परिचित छन् । वडा नम्बर ३१ का आम जनताले राणालाई विकास प्रेमीका रुपले चिनेका छन् । राणाले ३१ वडालाई सम्बृद्ध र विकास गर्नको लागि विशेष योजना समेत ल्याएका छन् । राणाले आफु विजयी भएर यस वडालाई स्वच्छ,हराभरा र सभ्य बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । गत्ति मात्र नभई वडामा विद्यमान समस्याहरु समाधान गर्ने आफ्नो प्राथमिक एजेण्डा रहेका छन् । यस वडाका जनतामा सार्वजनिक तथा व्यक्तिगत गुनाशो र समस्या भए आफु तत्काल त्यसको समाधान गर्न सदैव तयार रहने राणाले प्रतिवछता व्यक्त गरेका छन् । यति मात्र नभई वडाका वासिन्दालाई परेका समस्याहरु आफुलाई भन्न समेत राणाले स्थानीय जनतालाई आग्रह गरेका छन् । अध्यक्षका उम्मेद्वार राणाको चुनावी कार्यक्रममा स्थानीय वासिन्दाहरुको उल्लेख्य सहभागिता रहने गरेको छ । राणा अहिले घरदैलो कार्यक्रम,व्यक्तिगत तथा सामुहिक भेटघाटमा पनि निरन्तर रुपलेसक्रिय रहेका छन् । त्यसो त ३१ वडामा विभिन्न योजना ल्याउने समेत राणाको तयारी छ । राणा नेपाली कांग्रेसका केन्द्रीय तहका नेताहरुसंग पनि राम्रो पहुँच भएका उम्मेद्वार हुन् । त्यसैले केन्द्रीय स्तरवाटै ३१ वडामा विकास निर्माणका योजना ल्याउन पनि राणा सक्षम हुने देखिएको छ । उनको क्रियाशिलता,सवाजसेवीपन र दृष्ट्रिकोणले गर्दा पनि ३१ वडाका स्थानीय वासिन्दाले राणालाई रुचाईरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.