Breaking News.... EverestOnlineKhabar
April 30, 2026

अन्तर्राष्ट्रिय श्रमिक दिवसमा नेपालमा उल्लास, विशिष्टहरुले दिए यस्तो सन्देश

Loading

काठमाडौं, बैशाख १८ । मे १ तारिख अन्तर्राष्ट्रिय श्रमिक दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ ।

१ सय २८ औं श्रमिक दिवसका अवसरमा विभिन्न मजदुर संगठनले अन्तरक्रिया, चेतनामूलक र्‍याली जस्ता कार्यक्रम आयोजना गरेका छन् ।

सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरन्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो ।

त्यस यता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरिएको हो ।

नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन लागिएको हो । २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाललगायत विभिन्न राजनीतिक दलका नेताले मजदुर दिवसका अवसरमा शुभकामना दिएका छन् ।

उनीहरुले सम्पूर्ण श्रमजीविलाई विश्व मजदुर दिवसले आफ्नो हक, अधिकार र स्वतन्त्रतालाई सामूहिक रुपमा बुलन्द गरी विश्वभरीका श्रमजीविलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

यसै अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकालले पनि सम्पूर्ण श्रमिक कामदार दाजुभाई तथा दिदी बहिनीहरुमा शुभकामना संदेश दिएका छन् ।

उद्योग व्यवसायको विस्तार, आर्थिक बृद्धि र पर्याप्त रोजगारी सिर्जना अहिलेको आवश्यकता रहेको भन्दै थप सहकार्य र सहयोगका माध्यमबाट अघि बढ्नु पर्नेमा सन्देशमा जोड दिइएको छ ।

यसै अवसरमा राष्ट्रिय ट्रेड युनियन महासंघले सोमबार राजधानीमा गरेको कार्यक्रममा महासंघका अध्यक्ष नवराज दाहालले सरकारले मजदुरहरुको माग सम्बोधन गर्न नसकेको गुनासो गरे ।

यस्तै, नेपाल ट्रेड युनियन महासंघले गरेको कार्यक्रमका सहभागीहरुले पनि सरकारसंग श्रमिकको पेशागत हक हितको सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed