![]()
म्याग्दी, बैशाख १८ । म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नम्बर-३ भकिम्लीस्थित नेपाली कांग्रेस वडा अध्यक्षका उम्मेदवार जसबहादुर पुनलाई अज्ञात समूहले अपहरण गरेको छ ।
पुनलाई भकेम्लीस्थित दुधे खोलाबाट आज अपरान्ह ५ बजेर ३० मिनेटको समयमा अपहरण गरिएको प्रहरीले जानकारी दिएको छ । पुनलाई कसले किन अपहरण गरेको हो भन्ने खुलेको छैन ।


