Breaking News.... EverestOnlineKhabar
February 7, 2026

महाभियोग प्रस्ताव फिर्ता लिनुपर्छ : ओली

Loading

काठमाडौं, वैशाख १८ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव फिर्ता लिन माग गरेका छन् ।
एमालेद्वारा पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा सोमबार (आज) स्थानीय तहको निर्वाचनको घोषणापत्र सार्वजनिक कार्यक्रममा उनले महाभियोग प्रस्ताव सर्वोच्च अदालतको संवैधानिक अंगको बदनाम गर्न ल्याइएको आरोप लगाउँदै तत्काल फिर्ता गर्न नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)सँग माग गरे ।

‘महाअभियोग लगाउनु चिन्ताजनक र गम्भीर कुरा हो । यो हामीलाई मान्य छैन’ उनले भने, ‘त्यसैले भोलि(मंगलबार) नै सरकारले प्रस्ताव फिर्ता लिनुपर्छ ।’

उनले ‘प्रधानन्यायाधीशले सरकारले भनेजस्तो नगरेर कानुनानुसार फैसला गर्न थालेपछि’ प्रस्ताव ल्याइएको हो भन्दै कुनैपनि हालतमा प्रस्ताव पारित नहुने बताए । उनले ‘स्थानीय निर्वाचन गर्नाको साटो प्रधानन्यायाधीश कार्कीलाई हटाएर कार्यपालिकाको आदेशको तामेली गर्ने न्यायालय सरकारले ल्याउन खोजेको’ आरोप पनि लगाए ।

‘हामी सरकारमा हुँदा सर्वोच्चले हाम्रो पक्षमा फैसला गरेको थिएन । तर, पनि हामीले महाअभियोग लगाएनौँ’, पूर्वप्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकारले आफूअनुकूल फैसला नगरेको भन्दै प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन खोजेको छ ।’

अर्काे प्रसंगमा उनले एक महिनाको अन्तरमा दुई चरणको निर्वाचन हुन नसकिने बताउँदै एक महिनासम्म मतपेटिकाको सुरक्षा गर्न सरकारले नसक्ने जिकिर पनि गरे । ‘एक महिनासम्म मतपेटिकाको सुरक्षा गर्न सकिँदैन’, उनले भने, ‘एक महिना नभई पाँच÷सात दिनको फरकमा निर्वाचन गर्न सकिन्छ ।’ उनले अहिले एमाले सरकार परिवर्तन गर्ने खेलमा नलाग्ने पनि स्पष्ट गरे । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.