Breaking News.... EverestOnlineKhabar
April 27, 2026

Loading

रक्षामन्त्री बालकृष्ण खाँडले गृहमन्त्रीको समेत जिम्मेवारी पाउने भएका छन् ।
काँग्रेसका तर्फबाट सरकारको नेतृत्व गरिरहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष राजीनामा दिएपछि रिक्त गृहमन्त्रीमा खाँणलाई लाने तयारी भएको उच्च श्रोतले बतायो ।
प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध काँग्रेस र माओवादी केन्द्रले संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेकामा असन्तुष्ट निधिले आइतबार साँझ प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका थिए ।
खाँण काँग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र हुन् । श्रोतका अनुसार देउवाले प्रचण्डलाई बालकृष्ण खाँडलाई गृहमन्त्री नियुक्त गर्न भनिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed