Breaking News.... EverestOnlineKhabar
April 29, 2026

अधिनायकवादी शासनको पूर्वाभ्यास : एमाले, आपत्तिजनक र दूर्भाग्यपूर्ण : राप्रपा

Loading

काठमाडौं, वैशाख १७ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्तारुढ दलहरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता हुनुलाई ‘अधिनायकवादी शासनको पूर्वाभ्यास’ भनेको छ ।
आइतबार हामीसँग कुरा गर्दै एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग लगाउने सत्तारुढ दलहरुको कदमले न्यायालयमाथि अनुचित र नांगो हस्तक्षेप गरेको टिप्पणी गरे ।

सचिव भट्टराईले सत्तारुढ दलहरुको कदमले मुलुकलाई संकटतिर धकेलेकोमात्र नभइ एमालेले यसलाई अधिनायकवादी अभ्यासको पूर्वसंकेतकोरुपमा हेरेको बताए ।

यस्तै, सत्तासाझेदारमध्येको एक राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि महाअभियोग प्रस्तावले ‘न्यायिक स्वतन्त्रतामाथि गम्भीर आक्रमण’ गरेको प्रतिक्रिया दिएको छ ।

राप्रपा अध्यक्ष कमल थापाले आफ्नो ट्वीटमा कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता हुनुलाई ‘आपत्तिजनक र दूर्भाग्यपूर्ण’ भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed