![]()
काठमाडौं, वैशाख १७ । उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले आइतबार पदबाट राजीनामा दिएका छन् ।
प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको ‘महाअभियोग प्रस्तावप्रति असहमति’ जनाउँदै उपप्रधानमन्त्री निधिले राजीनामा दिएका हुन् ।
एभरेष्ट अन्लाईन खबरसँग टेलिफोनमा कुरा गर्दै उनले आफूसम्बद्ध मन्त्रालयको विषयलाई कारण बनाउँदै प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग प्रस्ताव ल्याइएको र सो सम्बन्धमा आफूसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले परामर्शसमेत नगरेको पनि बताए ।
गृहमन्त्री निधिले आफू प्रहरी महानिरीक्षक नियुक्तिको प्रक्रियादेखि नै असहमत रहेको पनि बताए ।


