Breaking News.... EverestOnlineKhabar
April 30, 2026

संविधान संशोधन स्थगित गर्न एमालेको आग्रह

Loading

मुख्य विपक्षी नेकपा एमालेले शनिबार आफूलाई मनाउन आएको नेपाली कांग्रेसका नेतासँग संशोधन प्रस्ताव स्थगित गरेर चुनावमा जान आग्रह गरेको छ।
कांग्रेसले अब एमाले र मोर्चालाई कसरी सँगै लिएर जाने भन्ने बाटोको खोजी गर्ने बताएको छ।
संविधान संशोधन पारित गर्न आवश्यक दुई तिहाइ मत पुग्न नसक्ने देखेपछि सत्तापक्षले स्थगनको बाटो रोज्ने सम्भावना बढेको समाचार श्रोतहरुले बताएका छन्।
शुक्रबार प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन विधेयकमा साथ दिन गरेको आग्रह पनि एमालेले अस्वीकार गरेको थियो।

स्थगन
सत्तारुढ दल नेपाली कांग्रेससँग संविधान संशोधन प्रस्ताव स्थगन गर्न आग्रह गरेको एमाले उपाध्यक्ष भीम रावलले बताए।
उनले भने, “हामीले संविधान संशोधन प्रस्ताव स्थगित गर्नुस् र चुनावमा जाउँ भन्यौं।”
बुधबारै बसेको एमालेको स्थायी कमिटी बैठकले संविधान संशोधन प्रस्ताव असफल बनाउने निर्णय गरेको र निर्वाचनको उम्मेदवार चयनबारे छलफल गरेको रावलले बताए।
एमालेसँगको भेटवार्तापछि कांग्रेस नेताहरु प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगेका थिए।
बजेट
प्रधानमन्त्रीसँग पनि एमाले र मोर्चालाई कसरी सँगै लग्ने भन्नेबारे छलफल भएको ती भेटवार्ताहरुमा सहभागी कांग्रेस नेता रामचन्द्र पौडेलले बताए।
उनले भने, “अबको छलफल त्यसैमा केन्द्रित हुनेछ।”
रावलले बजेट संविधानको व्यवस्था अनुसार जेठ १५ मा नै ल्याउनुपर्ने, सकेसम्म एकै चरणमा निर्वाचन गर्नुपर्ने र दुई चरणमा गर्नुपर्ने भए जेठ ७ या ८ मा दोश्रो चरणको निर्वाचन गर्न सत्तारुढ दलहरुलाई आग्रह गरिएको बताए।
समाचार श्रोतहरुका अनुसार संशोधन प्रस्ताव पारित गर्न आवश्यक दुई तिहाइ पुर्याउन नसकेपछि आइतबार संशोधन प्रस्ताव मतदानमा नलैजाने बरु संशोधन विधेयक स्थगित गर्ने र त्यसलाई थाती राखेर चुनावमा जाने सम्भावनाको खोजी गर्नतर्फ सत्तापक्ष लागिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed