![]()
कमलादीमा सवारी दुर्घटनामा परी शनिबार एकजनाको मृत्यु भएको छ ।
बा६७प ४४०० र बा७४प ३३०१ नम्बरका मोटरसाइकल आपसमा ठोक्किँदा बा७४प ३३०१ मा सवार ललितपुरका प्रकाश सुवेदीको मृत्यु भएको हो ।
गम्भीर घाइते सुवेदीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस


