Breaking News.... EverestOnlineKhabar
February 8, 2026

सेना परिचालनको निर्णयप्रति फोरमको आपत्ति

Loading

काठमाडौ,१६ बैशाख ।
स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गर्ने सरकारको निर्णयप्रति संघीय समाजवादी फोरम नेपालले आपत्ति जनाएको छ । सो पार्टीले शुक्रबार विज्ञप्तिमार्फत् नेपाली सेनाजस्तो व्यावसायिक संगठनलाई चुनावी सुरक्षाका नाममा देशको आन्तरिक मामिलामा परिचालन गर्दा यसको गरिमा, प्रतिष्ठा र वषौँदेखि कायम रहिआएको व्यावसायिकतामाथि आँच पुग्नसक्ने जनाएको छ ।
‘सेनाको भूमिकालाई विवादित हुन नदिन निर्वाचनमा सेना परिचालन गर्ने सरकारको निर्णयप्रति गम्भीर आपत्ति प्रकट गर्दै निर्णय तत्काल फिर्ता लिन संघीय समाजवादी फोरम, नेपाल जोडदार माग गर्दछ’, अध्यक्ष उपेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पार्टीले स्थानीय तहको चुनाव दुई चरणमा गराइए पहिलो चरणको मत परिणामले दोस्रो चरणको चुनावी नतिजालाई प्रभावित गर्ने भएकाले दुई चरणको निर्वाचन प्रक्रियाप्रति पनि आपत्ति जनाएको छ ।
‘परिमार्जनसहित संविधान संशोधन गरी संघीय गठबन्धन÷मोर्चाले उठाएको माग सम्बोधन नभएसम्म कुनैपनि चुनाव स्वीकार्य छैन । निर्वाचनअघि बजेट घोषणा भए निर्वाचन आचारसंहिताको उल्लंघन हुने र मतदातालाई समेत प्रभावित गर्ने भएकाले निर्वाचनपछि मात्रै बजेट ल्याउनुपर्ने संघीय समाजवादी फोरमको ठहर छ’ विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.