Breaking News.... EverestOnlineKhabar
April 29, 2026

तालिवानद्वारा खतरानाक आक्रमणको घोषणा

Loading

काबुल,१६ बैशाख ।
अफगानिस्तानमा शुक्रबार तालिवान आतंककारी समूहले वसन्त ऋतुको सुरुवातसँगै‘वसन्तऋतु आक्रामक’ नामक आक्रमणको घोषणा गरेका छन् । गत हप्ताअगाडि अफगानिस्तानको बाल्ख प्रान्तको मजार ए सरिफ सहरको बाहिरी इलाकामा रहेको एक सैनिक शिवीरमा गरेको भीषण आक्रमणपछि तालिवानले आक्रामक आक्रमणको घोषणा गरेका हुन् ।
गत शुक्रबार सैनिक पोसाकमा रहेका बन्दुकधकारीहरुले उक्त सैनिक शिवीरमा गरेको आक्रमणमा परी कम्तीमा १३५ जना नयाँ जवान सैनिकको मृत्यु भएको थियो । यस घटनामा मारिएका आफ्ना आफन्तको अन्तिम संस्कार गरीसकेपछि अत्यन्त क्रोधित भएका आफन्तजनले मन्त्री र सेनाप्रमुखको राजीनामाको माग गरेका थिए । जनताको सोही आवाजको कदर गर्दै प्रतिरक्षामन्त्री र उनका सेना प्रमुखले आफ्नो पदबाट गत सोमबार राजिनामा दिएका थिए ।
यस घटनापछि अफगान अधिकारीले कम्तीमा ३५ जना सैनिकलाई पक्राउ गरेका छन् । अफगानिस्तानमा सन् २००१ बाट सुरु भएको तालिवानसँगको युद्धमा सैनिक पोसाकमा र आफ्ना सहकर्मीबाट बारम्बार आक्रमण हुने गरेको छ ।
यसरी सहकर्मीबाट हुने गरेको आक्रमणमा आफ्नै देशका सहकर्मी अन्र्तराष्ट्रिय सेनामाथि आक्रमण भएको पाइन्छ ।
तालिवान सत्ताबाट हटेको १५ वर्ष पछाडिपनि गत शुक्रबार भएको सैनिक शिविरलक्षित यो आक्रमण अत्यन्त भीषण थियो । सैनिकको पोसाक र आत्मघाती पोशाक लगाएका १० जना बन्दुकधारीले शिविरको मस्जिद र डाइनिंग हलमा फैलिएर रहेका निःसशस्त्र सैनिकमाथि गोली प्रहार गर्न सुरु गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed