![]()
जनकपुर,१४ बैशाख ।
दलालले ठगेपछि केही दिनअघि मात्रै वैदेशिक रोजगारीमा मलेसिया पुगेका धनुषाका एक युवकको बिचल्ली भएको छ । धनुषाको दिगम्बरपुर ११ देवकोटाटोल बस्ने रामविनोद साहका २२ वर्षीय छोरा रञ्जित साह मलेसिया पुगे लगतै बिचल्लीमा परेका हुन् ।
रञ्जित एक लाख ४० हजार रुपैयाँ ऋण काढेर गाउँकै एजेण्ट चुन्नीसरण यादव मार्फत गएको मार्च १७ तारिखमा मलेसियाको मलाका स्थित एक कम्पनीमा कामका लागि पुगेका थिए । तर त्यहाँ पुग्दा कम्पनीले मेडिकल फेल भएको भन्दै अप्रिल २७ मा नेपाल फर्काउने लागेको हो ।
कम्पनीबाट मेडिकल फेल भएको रिपोर्ट माग्दा समेत नदिएको र एजेण्ट यादवलाई फोन गर्दा फोन नउठाएर काटी दिने गरेको रञ्जितले बताए । कम्पनीले तिम्रो एजेण्टले मेडिकल फेल भएको प्रमाण नदिन भनेकाले नदिएको गुनासो गरे । एजेण्ट यादवले राम्रो तलब दिने भन्दै आफुसँग १ लाख ४० हजार रुपैयाँ लिएर पठाएको रञ्जितको भनाई छ ।


