Breaking News.... EverestOnlineKhabar
March 13, 2026

चालु आर्थिक वर्षको आर्थिक बृद्धिदर ७ प्रतिशत हुने प्रक्षेपण…..

Loading

काठमाडौ,१३ चैत ।
चालु आर्थिक वर्षको आर्थिक बृद्धिदर करिब सात प्रतिशत हुने प्रक्षेपण गरिएको छ। केन्द्रीय तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांक प्रक्षेपण अनुसार चालु आर्थिक वर्षमा कुल ग्राहस्थ उत्पादनको बृद्धिदर ६ दशमवल ९४ हुने छ।
बृद्धिदरको यो प्रक्षेपण २४ वर्षपछिको सबैभन्दा बढी हो। यसअघि २०५० सालमा ८ दशमलव ६ प्रतिशत आर्थिक बृद्धिदर थियो। मौसमी अनुकुलता, नियमित बिजुलीको आपूर्ति तथा देशमा निर्माण कार्यले तिव्रता पाएकोले चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर करिब सात प्रतिशत पुग्ने अनुमान गरिएको विभागले जनाएको छ ।
विभिन्न स्रोतबाट प्राप्त आयको उत्पादनमुलक क्षेत्रमा लगानी बढ्दै गएको, मल, बिउ तथा मौसमी अनुकुलताको कारण कृषि उत्पादन उकालो लागेको जस्ता कारणहरूले यस वर्ष नेपालको आर्थिक बृद्धिदर विगतको तुलनामा उच्च रहने विभागले दाबी गरेको छ।
रेमिट्यान्स तथा अन्य क्षेत्रबाट आएको प्रतिफल उत्पादनमुलक क्षेत्रमा परिचालन हुँदै गएकोले प्रक्षेपित बृद्धिदर सहजै भेटिने अधिकारीहरुको विश्वास छ। नयाँ संविधान निर्माणपछि देशमा बन्द हडतालको ठाउँमा लगानीको उत्साह बढ्नु, नीतिगत सुधार हुनु जस्ता कारणले निजी क्षेत्रमा सकारात्मक ऊर्जाको सञ्चार भएकोले बृद्धिदर अपेक्षित आँकडामै आउने विभागका महानिर्देशक सुमनराज अर्यालले जानकारी दिए ।
यसअघि विभिन्न निकायले नेपालको बृद्धिदर विगतको तुलनामा उच्च रहने प्रक्षेपण गरेका थिए। जसमा एशियाली विकास बैंकले ५.२ देखि ६, विश्व बैंकले ६ प्रतिशत सम्मको बृद्धिदर हुने प्रक्षेपण गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.