Breaking News.... EverestOnlineKhabar
January 13, 2026

Loading

काठमाडौँ । सन् २०१५ देखि अमेरिकाले नेपाललाई प्रदान गर्दै आएको ७७ प्रकारका वस्तुहरूको भन्साररहित प्रवेश सुविधा (Duty-Free Access) आजदेखि औपचारिक रूपमा समाप्त भएको छ। यो सुविधाको समयसीमा थप नभएपछि अब नेपाली निर्यातकर्ताहरूले अमेरिकी बजारमा सामान पठाउँदा १०% देखि २६% सम्म कर (ट्यारिफ) बुझाउनुपर्ने भएको छ।

मुख्य परिवर्तनहरू……………………….
नयाँ करको दर…हिजोसम्म १०% बेस ट्यारिफ लाग्ने गरेकोमा आजदेखि केही निश्चित वस्तुहरूमा अधिकतम २६% सम्म कर वृद्धि गरिएको छ।

अन्य सामानको हकमा, ७७ वस्तु बाहेकका अन्य सामान्य सामानहरूमा भने पुरानै १०% करको दर यथावत रहनेछ।

प्रभावित क्षेत्र, यस निर्णयबाट विशेषगरी नेपालका हस्तकला, झोला, गलैँचा, टोपी र केही गार्मेन्ट उत्पादनहरू प्रत्यक्ष प्रभावित हुने देखिएको छ।

किन बन्द भयो यो सुविधा……………………..
सन् २०१५ को विनाशकारी भूकम्पपछि नेपालको आर्थिक पुनरुत्थानमा सहयोग पुऱ्याउन अमेरिकी सरकारले ‘नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम’ (NTPP) अन्तर्गत १० वर्षका लागि यो सुविधा दिएको थियो। उक्त कार्यक्रमको अवधि डिसेम्बर ३१ मा समाप्त भएको र अमेरिकी कंग्रेसबाट यसको नवीकरण नभएका कारण आजदेखि नयाँ कर प्रणाली लागू भएको हो।

नेपाली निर्यातमा पर्ने असर………
प्रतिस्पर्धात्मक क्षमतामा कमी, कर वृद्धि भएसँगै अमेरिकी बजारमा नेपाली उत्पादनहरू महँगो हुनेछन्, जसले गर्दा अन्य देशका उत्पादनसँग प्रतिस्पर्धा गर्न कठिन हुनेछ।

निर्यात परिमाण घट्ने जोखिम,मूल्य बढेसँगै मागमा कमी आउन सक्ने र यसले नेपालको व्यापार घाटालाई थप बढाउन सक्ने विज्ञहरूको भनाइ छ।

सानाकला र उद्योगलाई मार,यो सुविधाको बढी फाइदा साना तथा मझौला हस्तकला उद्योगहरूले लिइरहेका थिए।

नेपाल सरकार र निजी क्षेत्रले यो सुविधा पुन, प्राप्तिका लागि अमेरिकी प्रशासनसँग कूटनीतिक पहल जारी राख्नुपर्ने आवश्यकता देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.