Breaking News.... EverestOnlineKhabar
March 12, 2026

साताको नेप्सेमा सामान्य वृद्धि, कारोबार घट्यो

Loading

काठमाडौं, वैशाख ९ । यो साता सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि आयो । कारोबार परिमाणमा भने गिरावट आयो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा करिब ७ अंकले बढेर अन्तिम दिन १६ सय ५८ अंकमा पुग्यो ।

यो साता जलविद्युत् र वाणिज्य बैंक समूहबाहेक अरु कारोबार भएका सबै समूहमा सुुधार आयो । व्यापार समुह भने स्थिर रह्यो । बीमा समूहमा सबैभन्दा उच्च १ सय ४२ अंकको वृद्धि आयो ।

यो साता नेपाल स्टक एक्सचेन्जमा १ सय ५४ कम्पनीको पाँच अर्ब १८ करोड १७ लाख रुपैयाँ बराबरका ७५ लाख कित्ता सेयरहरु खरिद–बिक्री भए ।

गत साता १ सय ५३ कम्पनीको ८ अर्ब ३१ करोड ६६ लाख रुपैयाँ बराबरका एक करोड ४० लाख कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए । कारोबार रकम गत साताको तुलनामा करिब ३८ प्रतिशतले कम हो ।

यो साता कारोबार रकम, कारोबार भएको सेयर संख्या र कारोबार संख्याको पनि नेपाल क्रेडिट एन्ड कमर्स बैंक अग्रस्थानमा रह्यो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.