Breaking News.... EverestOnlineKhabar
April 30, 2026

फ्रान्सको चुनाव: किन यो महत्वपूर्ण छ

Loading

खुला मूल्य मान्यता र राजनीतिक संस्थापनलाई चुनौती दिने अर्को प्रमुख मुलुक फ्रान्स हुन्छ वा हुँदैन भनेर संसारले हेरिरहेको छ।
मत सर्वेक्षणहरुमा अगाडि देखिएका चारमध्ये दुई उम्मेदवार विपरीत राजनीतिक कट्टर धारको प्रतिनिधित्व गर्दछन्।
मारिन ल पेन कट्टर दक्षिणपन्थी हुन् भने जा लुक मेलासों त्यसको बिल्कुल विपरीत धारको।
युरोपेली संघमा फ्रान्सको जारी सदस्यताबारे दुवै जनाको जितले प्रश्न चिन्ह खडा गर्नेछ।
यदि फ्रान्सले छाडे इयुले आफ्ना संस्थापक सदस्यमध्ये एकको बहिर्गमन थेग्न सक्ला?
बिहीबार प्यारिसमा बन्दुकधारीले प्रहरीमाथि गरेको घातक आक्रमण जस्तै खालका श्रृखंलावद्ध घटनाले माहोल तनावपूर्ण बनाएको छ।
युकेमा ब्रेक्जिटको पक्षमा मतदान र अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको चयनपछि के फ्रान्स चलिरहेको राजनीतिमाथि धक्का पुग्ने अवस्था बेहोर्ने अर्को देश बन्नेछ?
यो चुनावबारे नयाँ के छ?
फ्रान्सका राष्ट्रपति फ्रास्वाँ ओलान्द आफू अलोकप्रिय भएपछि दोस्रो कार्यकालका लागि नउठ्ने भएका छन्।
यस्तो घटना फ्रान्सेली इतिहासमा पहिलो हो।
प्रतिस्पर्धामा ११ जना उम्मेदवार छन्।
तर एप्रिल २३ मा हुने पहिलो चरणको मतदानमा कसैले पनि ५० प्रतिशतभन्दा बढी नल्याउने देखिन्छ।
त्यसैले मे ७ मा दोस्रो चरण हुने पक्का जस्तै देखिन्छ।
फ्रान्सेली राजनीति सामान्यतया मध्यदक्षिणपन्थी र वामपन्थी दलहरुकै वरपर घुमेको छ तर यसपटक त्यो अवस्था तोडिने सम्भावना देखिन्छ।

: फ्रास्वाँ फियो, बेन्वा यामु, मारिन ल पेन, एम्यानुएल म्याक्रों र जा लुक मेलासों
कसले जित्न सक्छ?
यदि मत सर्वेक्षणहरुलाई विश्वास गर्ने हो भने कट्टरदक्षिणपन्थी न्याश्नल फ्रण्टकी मारिन ल पेन र मध्यपन्थी एम्यानुएल म्याक्रों अगाडि देखिन्छन्।
शुरुमा रिपब्लिकन फ्रास्वाँ फियो लोकप्रिय थिए तर सार्वजनिक कोष दुरुपयोगको आरोप लागेपछि मत सर्वेक्षणहरुमा उनको लोकप्रियता खस्किएको देखियो।
जा लुक मेलासोंको पक्षमा पछिल्लोपटक समर्थन बढ्दै गएको देखिन्छ।
मुद्दा के छन्?
सबैभन्दा ठूलो मुद्दा बेरोजगारी हो।
२८ वटा इयु सदस्य मुलुकमध्ये फ्रान्समा सबैभन्दा धेरै—१० प्रतिशत बेरोजगारी दर छ।
२५ वर्ष मुनिका प्रत्येक चार जनामा एक जना बेरोजगार छन्।
सन् २००८ को आर्थिक मन्दी पछि फ्रान्सले निकै सुस्त प्रगतिमात्रै गरिरहेको छ।
यस्तै श्रंखलावद्ध आतंकवादी आक्रमणपछि आप्रवासन र सुरक्षा पनि प्रमुख मुद्दा बनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed