Breaking News.... EverestOnlineKhabar
April 29, 2026

दोलखामा रातो मच्छिन्द्रनाथको रथ तान्ने जात्रा सुरु

Loading

दोलखा, बैशाख १ । दोलखामा करुणामय अवलोकितेश्वर रातो मच्छिन्द्रनाथको रथ तान्ने जात्रा सुरु भएको छ ।

मंगलबार दूधमा नुहाएर रातो मच्छिन्द्रनाथको मूर्तिलाई बुधबार रथारोहण गरिएपछि बिहीबारबाट रथ जात्रा सुरु गरिएको हो ।

एक हप्तासम्म चल्ने रथ जात्रा पिंगलदेखि डोकुलढुङ्गा टोलसम्म पु¥याई समापन गरिने परम्परा छ ।

वर्षेनी वैशाख कृष्णपक्षदेखि प्रदर्शन गरिने मच्छिन्द्रनाथको रथ तान्ने जात्रा दोलखाको बिभिन्न टोलमा पुर्‍याईने प्रचलन छ ।

मल्लकालीन सभ्यताको रुपमा तत्कालिन मल्ल राजा जय वासुदेवले शुरु गरेको यो जात्रा हाल कालिञ्चोक युवा क्लबको सक्रियतामा हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed