![]()
प्रहरीको गोली लागेर तीन कार्यकर्ताको मृत्यु भएपछि मधेश बन्दको आहृवान गरेको मधेसी मोर्चाको आन्दोलन उग्र बन्दै जाँदा सप्तरी प्रशासनले सदरमुकाम राजविजबिराजमा कर्फ्यु आदेश जारी गरेको छ।
अर्को आदेश नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज र त्यस आसपासका आन्दोलन प्रभावित क्षेत्रमा कर्फ्यु लगाएको हो।
आक्रोशित मोर्चाका कार्यकर्ताहरुले सरकारी कार्यालय तोडफोड र आगजानी तीव्र बनाएपछि परिस्थितिलाई नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत जनक कोइरालाले जानकारी दिए।
कोइरालाका अनुसार हिजोबाट सुरु भएको तनाव आज दिउँसो झनै जटील बन्दै गएपछि कर्फ्यु आदेश जारी गर्नुपरेको हो।


