![]()
प्रधानमन्त्री पुष्कमल दाहालले मधेसी मोर्चाका नेताहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन्। प्रधानमन्त्रीले बिहान ९ बजे मोर्चाका नेताहरुलाई छलफलका लागि आफ्नो सरकारीनिवास बालुवाटार बोलाएका हुन्।
सोमबार सप्तरीमा प्रहरीको गोली लागेर तीन जना कार्यकर्ताको मृत्यु भएपछि चिडिएको मोर्चालाई फकाउने प्रयासस्वरुप प्रधानमन्त्रीले मोर्चाका नेताहरुसँग छलफल गर्न लागेका हुन्। प्रधानमन्त्रीले मंगलबार बोलाएको छलफलमा मोर्चाका नेता सहभागी भएका थिएनन्।
मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिनेसँगै विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेपछि प्रधानमन्त्रीले मोर्चाका नेताहरुसँग भावी राजनीतिकका विषयमा छलफल गर्न लागेका हुन्।


