![]()
काठमाडौं । नेपाल पत्रकार महासंघको २५औं महाअधिवेशमा सहभागी हुने मतदाताहरुको सूची सार्वजनिक भएको छ । महासंघले आज सार्वजनिक गरेको सूचमा कुल मतदाता स्वदेशबाट १५०८ जना छन् । प्रवासबाट ८ जना मतदाता छन् ।
सार्वजनिक सूची अनुसार काठमाडौंमा सबैभन्दा बढी अर्थात् १५१ मतदाता छन् । त्यस्तै ललितपुरमा ६३ र भक्तपुरमा १६ गरी उपत्यकामा २३० जना मतदाता छन् ।
महासंघको नयाँ नेतृत्वका लागि उम्मेदवार बन्न चाहनेहरुले उम्मेदवारी दर्ता भदौ ४ गते दिउँसो १२ बजेदेखि अपराह्न ३ बजेसम्म गर्न गरिसक्नुपर्नेछ । उम्मेदवारको अन्तिम नामावली भदौ ४ गते पौने ४ बजे प्रकाशित हुनेछ ।
उम्मेदवार उपरको दाबी विरोध तथा उम्मेदवारी फिर्ता लिन चाहनेका लागि समेत समय दिइएको छ । निर्वाचन समितिले भदौ ४ गते अपराह्न ३ः४५ देखि १ घन्टाको समय दाबी विरोध तथा उम्मेदवारी फिर्ताका लागि दिएको छ । अन्तिम नामावली भदौ ४ गते बेलुका ५ बजे प्रकाशित हुनेछ ।
नयाँ नेतृत्वका लागि भदौ ५ गते मतदान हुनेछ । मतदान समय बिहान ९ बजेदेखि ३ बजेसम्मका लागि तोकिएको छ । मतगणना मतदान सकिएलगत्तै गर्ने कार्यतालिकामा उल्लेख छ ।

महासंघको महाधिवेशनमा यसपटक कांग्रेसनिकट प्रेस युनियन र माओवादी केन्द्रनिकट प्रेस सेन्टरबीच तालमेल भएको छ । यो गठबन्धनबाट सभापतिमा गोविन्द आचार्य रहेका छन । एमालेनिकट प्रेस चौतारीले तीर्थ कोइरालालाई उम्मेदवार बनाएको छ । उजीर मगर स्वतन्त्र उम्मेदवारका रुपमा खडा भएका छन ।


