![]()
१३ असोज, काठमाडौं । नेपालीहरूको मुख्य चाड दशैं मनाउन उपत्यका छाड्नेहरूको क्रम जारी छ ।
केहीदिनदेखि उपत्यका बाहिरिने क्रम आइतबार र सोमबार बिहानैबाट झनै बढेको हो ।
काठमाडौं उपत्यकाबाट बाहिरने चोकहरू कोटेश्वर, बल्खु, कलंकी, माछापोखरी, बसुन्धारा, चाबहिल, गौशाला लगायतका क्षेत्र हुँदै मानिसहरू बाहिरिएका छन् ।
विभिन्न पेशा–व्यवसाय गरेर बस्नेहरू दसैँ मनाउनका लागि गाउँ फर्किँदै गर्दा विभिन्न स्थानबाट गाडी चढ्नेहरूको लर्को देखिन्छ ।


