Breaking News.... EverestOnlineKhabar
May 11, 2026

डडेल्धुरास्थित महाकाली नदीकाे किनारमा एक महिलाको शव फेला

Loading

 काठाण्डाै , भाद्र-३१-  डडेल्धुरास्थित महाकाली नदी किनारमा एक महिलाको शव फेला परेको छ। जिल्लाको परशुराम नगरपालिका–५ परीगाउँस्थित महाकाली नदीको किनारमा एक महिलाको शव फेला परेको हो।

सोमबार करिब ३५ वर्षकी ती महिलाको नाम, थर र वतन भने अहिलेसम्म खुल्न नसकेको प्रहरीले बताएको छ। नदी किनारमा शव भेटिएपछि इलाका प्रहरी कार्यालय जोगबुढाबाट प्रहरी टोली पुगेर घटना स्थलको अनुसन्धान गरेको छ।

शवलाई अहिले जोगबुढा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक डम्बर विष्टले बताए। महिलाको पहिचान र मृत्युको कारणबारे हालसम्म केही खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.