Breaking News.... EverestOnlineKhabar
April 19, 2026

Loading

२०७७ असार १५, काठमाडौं । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक युवक मृत फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । मेलम्चीको सडकमुनि वाग्वीर स्याङ्तानको निर्माणाधीन घरमा सोलुखुम्बु महाथुलुङ गाउँपालिका स्थायी घर भएका अन्दाजी २४ वर्षीय युवक धीरज राई झुण्डिएको अवस्थामा फेला परेको वृत्तका प्रहरी नायब निरीक्षक विकासबाबु न्यौपानेले राससलाई जानकारी दिए । घटनाका बारेमा थप अध्ययन भइरहेको छ ।

स्याङ्तानले घर निर्माणको जिम्मेवारी निर्माण व्यवसायी रेशम गुरुङलाई रु ८० लाखमा ठेक्का दिएका थिए । राईलाई निर्माण व्यवसायी गुरुङले घर कुर्न राखेको घरबेटी स्याङ्तानले बताए । बिहान बेलुका निर्माणाधीन घर कुरेर बस्ने राई दिउँसो अन्यत्र काम गर्न जान्थे ।

शनिबार बेलुकीसम्म राई ओहोरदोहोर गरिरहेका थिए । आइतबार एक्कासि भुण्डिएको अवस्थामा भेटिएको निर्माण व्यवसायी गुरुङले बताए । हेड मिस्त्री उदयपुरका लक्ष्मण राईमार्फत चार महिनाअघि धीरज घर निर्माणस्थलमा आइपुगेको पनि उनले बताए । निर्माणाधीन घरमा सहयोगीका रूपमा समेत काम गर्ने राई आफन्त नभएको र कोठासमेत नलिएकाले निर्माण सामग्री कुरेर बस्ने गरेका थिए । मृतक राईको घरमा सम्पर्क गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बन्दाबन्दी शुरु भएपछि आत्महत्या गर्नेको सङ्ख्या यस क्षेत्रमा पनि बढेको जनाइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed