Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७७ बैशाख १९, काठमाडौं । गायिका रानु देवी अधिकारीको निधन भएको छ । बिहिबार सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । ८५ बर्षीय रानुको आज शुक्रबार अन्त्येष्टी गरिने उनका नजिकका मित्र तथा लेखक शंकर खरेलले जानकारी दिए । २००७ सालको क्रन्तिको प्रचार प्रसारका लागि बिराटनगरको बोर्डरमा ‘प्रजातान्त्रिक नेपाल रेडियो’ खोलिएको थियो । उनी त्यसको पहिलो गायिका हुन् ।

उक्त रेडियोबाट उनले नेपालमै पहिलो पटक लाइभ गीत गाएकी थिइन् । उनले सो बेला प्रजातान्त्रिक आन्दोलनका लागि सर्वसाधारणलाई उत्साह र हौसला प्रदान गर्ने खालका ‘जाग जाग’ बोल लगायत केही क्रान्तिका गीतहरु गाएकी थिइन् । उनले त्यसपछि कलकत्तामा गएर ५ वटा गीत रेकर्ड गराएकी थिइन् ।

उनले २०६१,६२ मा ५६ बर्षपछि ‘जागे नेपाली उठे नेपाली शान्ती लिएर’ भन्ने गीत गाएकी थिइन् । रानु पछिल्लो समय मैतिदेवी स्थित छोरीको घरमा बस्दै आएकी थिइन् । उनको एक छोरा पनि छन् । उनी अमेरिकामा रहेकोले छोरीसँगै बस्दै आएकी थिइन् । रानु डा. शेखर कोइरालको आमा नुना कोइरालाको बहिनी पनि हुन् । बिरगन्जमा जन्मिएकी रानुले धेरै समय बनारसमा बिताएकी थिइन् । रानुले ५६ बर्ष पछि गीत गायको बिषयमा एउटा बृत्तचित्र समेत बनाइएको छ । उनले बिराजनगरको एक सरकारी स्कुलमा पनि जागिर गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed