Breaking News.... EverestOnlineKhabar
April 21, 2026

Loading

२०७६ चैत १२, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्वर १८ का २८ वर्षीय वीरेन्द्र चौधरीको ट्याक्टरबाट खसेर मृत्यु भएको छ । घुर्राखोलाबाट बालुवा लोड गरी आउँदै गरेको से १ त ५८०४ नम्बरको ट्याक्टरको ट्रलीबाट खसेर उनको मृत्यु भएको हो । टाउको र शरीरका बिभिन्न भागमा चोट लागेर घाइते भएका उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको थियो । उपचारको क्रममा उनको अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । ट्याक्टर चालक सोही ठाउँका ३३ वर्षीय किसनलाल राना र ट्याक्टर प्रहरी नियन्त्रणमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed