![]()
२०७६ चैत ११, काठमाडौँ – सरकारले कोरोना संक्रमणलाई नियन्त्रण गर्न मंगलबार बिहान ६ बजेदेखि १८ गतेसम्मका लागि देशैभर ल डाउन घोषणा गरेको छ । कोभिड १९ को नियन्त्रणका लागि अत्याआवश्यक अवस्थामा बाहेक आवत जावतमा प्रतिबन्ध लगाएपछि पनि सर्वसार्धरणले हिँडडुल गर्न र दैनिकी नछाडेपछि केही जिल्लामा कर्फ्यू नै जारी गर्नु परेको छ । जिल्लाहरुबाट प्राप्त विवरणअनुसार सर्वसाधरणले संक्रामक रोग ऐन २०२० अनुसार जारी गरिएको आदेशको अवज्ञा गरेपछि कर्फ्यू नै लगाउनु पर्ने अवस्था सिर्जना भएको हो । बिहान १० बजेसम्म चार जिल्लो कफ्र्यको आदेश जारी गरेका छन् । कैलाली, कञ्चनपुर, डडेलधुरा, गुल्मीलगायतका जिल्लाले कर्फ्यू आदेश जारी गरेको हो । जिल्ला प्रशासन कार्यालयहरुले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३० अनुसार निषेधाज्ञा जारी गरेका छन् । कर्फ्यू जारी गरेपछि प्रशासनलाई सर्वसाधरणको दैनिकी नियन्त्रण गर्न बढी बल प्रयोग गर्ने अधिकार प्राप्त हुन्छ ।


