![]()
२०७६ चैत १०, काठमाडौं ः उद्योगपति वसन्त चौधरीले सरकारले स्थापना गरेको कोरोना कोषमा १ करोड सहयोग दिने घोषणा गरेका छन् । चौधरीले ट्वीटरमा लेख्दै कोरोना कोषमा नर्भिक तथा वसन्त चौधरी फाउन्डेसनको तर्फबाट १ करोड़ सहयोग दिने घोषणा गरेका हुन् । ‘कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि घोषणा गरिएको कोरोना कोषमा नर्भिक र बसन्त चौधरी फाउन्डेसनको तर्फबाट सहयोगस्वरूप ५० लाख नगद तथा थप ५० लाख बराबरको जरुरी मेडिकल सप्लाइज उपलब्ध गराइने घोषणा गर्दछौं ।’ चौधरीले सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेल र प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिजाललाई ट्वीटरमा मेन्सन गर्दै सहयोगको घोषणा गरेका हुन् ।


