Breaking News.... EverestOnlineKhabar
June 5, 2026

एसईई दिन परीक्षा केन्द्र नजिक बसेका विद्यार्थीलाई गाउँपालिकाले घर र्पुयाइदिने

Loading

२०७६ चैत ६, स्याङ्जा – फेदीखोला गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन परीक्षा केन्द्र नजिक बसेका विद्यार्थीलाई घरघर र्पुयाइदिन सुरु गरेको छ । गाउँपालिकाले बिहीबार बिहानदेखि निःशुल्क बस सेवा सञ्चालन गरी विद्यार्थीलाई घरघर र्पुयाइदिन थालेको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।

कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई ध्यान दिँदै सरकारले बुधबार साँझ बिहीबारदेखि सुरु हुने भनिएको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । फेदीखोला र खड्केटारी बजारमा बसेका फेदीखोला गाउँपालिका ५ बागे मैदान मावि र ४ गलेम शीतला माविका विद्यार्थीलाई बिहीबार बिहानदेखि घर र्पुयाउन यातायातको व्यवस्था गरिएको उनले बताए । यस पटकको एसईई परीक्षामा देशभर कुल चार लाख ८२ हजार सात सय ७ जना विद्यार्थी सहभागी हुने जनाइएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed