![]()
२०७६ फागुन २९, बुटवल । दाङ बालविवाह गरिरहेका जोडीलाई प्रहरीले विवाह मण्डपबाटै समातेको छ । मंगलबार घोराही उपमहानगरपालिका–१३ सेवारका ३० बर्षीय कृष्णबहादुर केसीले सोही नगरपालिका–१४ की १८ बर्षीया किशोरीसँग विवाह गर्न लागेका थिए । स्थानीयले दिएको सूचनाको आधारमा प्रहरीले विवाह मण्डपमै पुगेर विवाह रोकेको थियो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काका अनुसार बेहुलीका बाबुलाई र बेहुलालाई नियन्त्रणमा लिई बालविवाह विरुद्धको मुद्धा दायर गरिएको छ । बेहुलीलाई भने बुधवार आमाको जिम्मा लगाई घर पठाईएको छ ।


