Breaking News.... EverestOnlineKhabar
April 20, 2026

कोरोना संक्रमण रोक्न भन्दै विश्वभरका नागरिकलाई भारत प्रवेशमा प्रतिबन्ध

Loading

कोरोना भाईरस अर्थात् कोभिड १९ को त्रासमा विश्व नै आजित बनिरहेका बेला छिमेकी मुलुक भारतले पनि कोरोना भाइरसको महामारी रोक्न भन्दै कठोर कदम चालेको छ । यात्रा निर्देशिका अनुसार, भारत सरकारले अब मार्च १३ अर्थात् भोलि शुक्रबार मध्याह्न १२ बजेपछि भारतमा विदेशीलाई प्रवेश दिइने छैन । कोरोना भाइरस नियन्त्रणका लागि भन्दै विभिन्न देशले विभिन्न देशमा आवतजावतमा रोक लगाइरहेका बेला छिमेकी मुलुक भारतले भने विश्वका कुनै पनि मुलुकका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको हो । उसले विदेशमा रहेका आफ्ना नागरिकलाई समेत भोलि (शुक्रबार)देखि मुलुक छिर्न नदिने घोषणा गरेको हो । कोरोनाभाइरस प्रकोपले महामारी रूप लिएपछि उक्त कठोर कदम उठाइएको भारतले जनाएको छ । बीबीसी हिन्दीका अनुसार बुधबार भारतका शीर्ष मन्त्रीहरूको बैठकपछि उक्त ‘यात्रा निर्दे्शिका’ जारी गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed