Breaking News.... EverestOnlineKhabar
April 20, 2026

३ महिनाका लागि औषधि छ, अभाव हुने दिने छैनौं ः औषधि उत्पादक संघ

Loading

२०७६ फागुन २३, काठमाडौं– नेपाली औषधी उत्पादक (व्यवसायी)हरुले नेपालमा ३ महिनासम्मका लागि आवश्यक पर्ने सबै प्रकारका औषधिहरु आफूहरुसँग मौज्दात रहेको बताएका छन् । विश्वव्यापी महामारीको रुप लिँदै गरेको कोरोना भाइरस (कोभिड–१९)को सन्त्रासका बीच भारतले २६ प्रकारका औषधि र कच्चापदार्थको निर्यातमा रोक लगाएपछि नेपालका औषधिको अभाव चुलिने चर्चा चलेको छ । औषधि उत्पादक व्यवसायीहरुले भने अहिले ३ महिनाका लागि पुग्ने औषधि, कच्चा पदार्थ तथा प्याकिङ सामग्री मौज्दात रहेको बताएका छन् ।

नेपाल औषधि उत्पादक संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै भारत र चीन बाहेकका देशबाट कच्चा पदार्थ आपूर्ति गरेर पनि देशमा औषधि अभाव हुन नदिने बताएको छ । संघका अनुसार भारतले औषधि तथा कच्चा पदार्थको निर्यातमा रोक लगाए पनि चीन लगायतका देशबाट नियमित रुपमा कच्चा पदार्थ आपूति भइरहेको छ ।

‘भारत र चीन हामीलाई व्यापारिक दृष्टिकोणले सरल भाएकाले हामीले धेरैजसो कच्चा पदार्थ त्यहाँबाट खरिद गर्ने गरेका छौं । विश्वका अन्य मुलुकमा पनि कच्चा पदार्थ बन्ने र हामी जुनसुकै मुलुकबाट कच्चा पदार्थ खरिद गरी औषधिको अभाव हुने दिने छैनौं,’ संघले पत्रकार सम्मेलनमा वितरण गरेको विज्ञप्तीमा भनेको छ ।’

औषधि उत्पादकहरुले नेपाललाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउने प्रयत्न गरिरहे पनि सरकारले नीतिगत व्यवस्था गर्न नसकेको पनि संघले गुनासो गरेको छ । सरकारले औषधि आपूर्तिका लागि अन्य देशसँग हार–गुहार गर्नुभन्दा आफ्नै देशका उद्योगीसँग सहकार्य गर्न संघले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed