Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ फागुन २३, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा तीव्र सुधार भइरहेको बताएका छन् । शुक्रबार बिहान आफ्ना राजनीतिक सल्लाहकार विष्णु रिमालसँगको भेटमा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यमा तीव्र सुधार भइरहेको र छिट्टै काममा फर्कने बताएका हुन् । प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यमा सुधार भइरहेको सन्देश सबैलाई भनिदिन आग्रह गरेको रिमालले उल्लेख गरेका छन् ।

‘सर्जरीपछि आज पहिलो पटक प्रधानमन्त्रिज्यू सँग कुरा गर्ने अबसर मिल्यो। ‘साथिहरुलाई भनिदिनुस्, मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भई रहेको छ। छिट्टै म काममा फर्किन्छु’, प्रधानमन्त्रीको भनाई उल्लेख गर्दै रिमालले ट्विटरमा लेखेका छन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार हुँदै गएको चिकित्सकहरुले बताएका छन् । गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिर रहेको र उनलाई तरलसँगै नरम खानाको मात्रा थपिँदै लगिएको चिकित्सकको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed