Breaking News.... EverestOnlineKhabar
June 6, 2026

‘लप्पन छप्पन २’को पोस्टर सार्वजनिक

Loading

२०७६ फागुन १९, काठमाडौं । बैशाख १२ रिलिज मिति तोकिएको फिल्म ‘लप्पन छप्पन २’ले पोस्टर सार्वजनिक गरेको छ । मुकुन्द भट्टको निर्देशन रहेको फिल्मले प्रचारलाई तिब्रता दिन नयाँ पोस्टर ल्याएको हो । पोस्टरमा दुई नव अभिनेता सुपर गुरुङ र शक्ति श्रेष्ठ देखिएका छन् । शक्ति अभिनेता शिव श्रेष्ठका छोरा हुन् । भने, सुपर ब्रिटिश लाहुरे देव गुरुङका छोरा हुन् । प्रेमकथामा एक्सन मिसाएर निर्माण भएको फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय रहेको छ ।

खिलेन्द्रराज तिमसिनाको प्रस्तुति ‘लप्पन छप्पन २’बाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, श्रृजना सिना, रन्जीत ओन्तालगायतले अभिनयमा डेब्यु गर्दैछन् । फिल्मको पटकथा र संवादमा निर्देशक भट्ट र सुनिल नेउरेले लेखेका हुन् । पुरुषोत्तम प्रधानको छायाँकन, शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट(एमआर आरजे), दीपक आरजे र बुलेट फ्लोको संगीत रहेको फिल्ममा किङ योगी र दिलिप ओकेधाको कोरियोग्राफी छ ।

गोल्डेन हिल्स पिक्चर्ससँग इपी एजुकेशन अस्ट्रेलिया, युएमआइ ग्रुप युरोप र एमएसी मिडियाको सहकार्यमा निर्माण भएको फिल्ममा सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माता रहेका छन् । चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र, सुदिपचन्द्र भक्रेल र सन्तोषचन्द्र भक्रेलफिल्मको निर्माता रहेका छन् । सिनेमाका सह–निर्मातामा रानु तिमिला, ताराचन्द शर्मा र सुरज केसी छन् । यस्तै अस्ट्रेलियाको लागि सबिन ज्ञवाली र नेपालको लागि समिर खरेल लाइन प्रोड्युसरमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed