Breaking News.... EverestOnlineKhabar
April 22, 2026

Loading

२०७६ फागुन १५, तम्घास– मदाने गाउँपालिकाको वडा नं २ बाँझकटेरीस्थित कसुरे डाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । स्काई बर्ड प्याराग्लाइडिङ पोखराको टोलीले बुधबार तीन वटा प्याराग्लाइडिङ उडाएर सफल परिक्षण गरेको हो । पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण विष्टले प्याराग्लाइडिङ चालकलाई फुलमाला लगाएर सफलताको शुभकामना दिएका थिए । मदाने गाउँपालिकाले होलबाङ प्याराग्लाइडिङ सम्भाव्यता अध्ययनका लागि आर्थिक वर्ष २०७६–७७ मा दुई लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिए ।

कसुरेडाँडा समुन्द्री सतहबाट दुई हजार १५० मिटरको उचाइमा छ। कसुरेडाँडा प्याराग्लाइडिङको हिसाबले अत्यन्तै राम्रो रहेको स्काई बर्ड प्याराग्लाइडिङ पोखराका प्रमुख तथा चालक भुवन गाहाले बताए । लामो र छोटो दूरीको प्याराग्लाइडिङका लागि कसुरेडाँडा अत्यन्तै महत्वपूर्ण भएको बताए । लामो दूरीका लागि खर्च बढी लाग्ने भएकाले तत्कालै छोटो दूरीको प्याराग्लाइडिङ गर्न सकिने गाहाले बताए । उनले पोखरामा अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणको कारण प्याराग्लाइडिङ विस्थापित हुने अवस्था रहेकाले भविष्यमा गुल्मीलाई प्याराग्लाइडिङको हबको रुपमा विकास गर्न सकिने बताए ।

स्थानीय रुमा भुसाल प्याराग्लाइडिङ देखेर अचम्म लागेको बताइन्। ‘आकाशमा गिद्धजस्तै मान्छे उड्ने कस्तो अचम्म ! मेरो आङ नै सिरिङ्ग र्गयो’, उनले भनिन्, ‘मान्छेले नजानेको केही रहेनछ ।’ त्यस्तै प्याराग्लाइडिङ हुने खबर पाएर कसुरे पुगेका ६५ वर्षका भोजबहादुर चन्द पनि चकित भए। उनले बाँदर नजाने भिरबाट मान्छे उड्दा आश्चर्य लागेको बताए। चन्दले भने, ‘यो डाँडो रमाइलो होला भनेर कसैले सोचेका थिएनन् ।’ रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed