![]()
२०७६ फागुन १३, दाङ – नम्बर नखुलेको गाडीको ठक्करबाट दाङमा एकजनाको मृत्यु भएको छ । सोमबार राति राप्ती गाउँपालिका–३ मसुरीयामा सोही ठाउँ बस्ने ४९ वर्षे लोकमणि पाण्डेको नम्बर नखुलेको गाडीको ठक्करबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक गंगाबहादुर सारूले जानकारी दिएका छन् । घटना भए लगत्तै प्रहरी त्यहाँ पुगेको थियो । तर, गाडीको पहिचान हुन सकेको छैन । शव अहिले लमही अस्पतालमा राखिएको छ । ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।


