![]()
२०७६ फागुन १३, कालीकोट – कालीकोटको रास्कोट नगरपालिकाबाट जितेगडाका लागि छुटेको जीप कर्णाली नदीमा खस्दा एक जनाको मृत्यु भएको छ । मङ्गलबार बिहान यात्रु झारेर लु १ ज ४१४१ नम्बरको जीप फर्काउने क्रममा कर्णाली नदीमा खसेको थियो । जीप नदीमा खस्दा चालक दैलेख गुराँसे गाउँपालिका ४ का १९ वर्षीय चक्रबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।


