Breaking News.... EverestOnlineKhabar
April 20, 2026

कोरोनाको संक्रमणले विश्वव्यापी ‘महामारी’ को रुप लिने खतरा, तयारी अवस्थामा रहन डब्लुएचओको आग्रह

Loading

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाभाइरसको सम्भावित ‘महामारी’बाट बच्नका लागि थप तयारी गर्नुपर्ने आवश्यकता औँल्याएको छ । डब्लूएचओले कोरोनाभाइरसलाई अहिले नै ‘महामारी’ करार गर्न चाँडो भए पनि विश्वका अन्य देशहरुले यसका लागि तयार रहनुपर्ने बताएको हो । ‘महामारी’ भन्नाले विश्वमा एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्ने संक्रामक रोगलाई भनिन्छ । यतिबेला चीनबाहिर कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण बढ्दो छ । दक्षिण कोरिया, इटाली र इरानमा यसको संक्रमणमा भएको वृद्धिले चिन्ता थपेको छ ।

अहिलेसम्म यसको सुरुवात भएको चीनमा धेरै संक्रमितहरु देखापरेका छन् । पछिल्लो तथ्याङ्कअनुसार चीनमा ७७ हजारभन्दा बढी यस रोगबाट संक्रमित भएका छन् भने २६ सय बढीले ज्यान गुमाइसकेका छन् । विश्वभर ३० वटा देशमा १२ सयभन्दा बढी संक्रमित भेटिएका छन् भने २० भन्दा बढीले ज्यान गुमाएका छन् । इटालीमा मात्र सोमबार थप चार जनाको मृत्यु भएको थियो । कोरोनाभाइरसको संक्रमण फैलिएसँगै विश्वको सेयर बजारमा ठूलो गिरावट देखिएको छ । चीनमा कोरोनाभाइरसको संक्रमणकै कारण नेसनल पिपल्स कङ्ग्रेसको बैठकलाई स्थगन गरिएको छ । अहिलेसम्म कोरोनाभाइरस संक्रमित मध्ये १ देखि २ प्रतिशतले ज्यान गुमाएको बताइए पनि डब्लूएचओले वास्तविक मृत्युदर पत्ता नलागेको बताएको छ ।

डब्लूएचओका प्रमुख टेड्रोस अधानोम घेब्रयेससले सोमबार पत्रकारहरुसँग कुराकानी गर्दै इरान, इटाली र दक्षिण कोरियामा देखिएको नयाँ संक्रमण निकै चिन्ताजनक भएको बताए । ‘अहिलेसम्म हामीले अनियन्त्रितरुपमा विश्वभर यो भाइरस फैलिएको र ठूलो सङ्ख्यामा मत्युदर देखेका छैनौँ,’ उनले भने, ‘तर के यो भाइरस महामारी बन्न सक्ने सम्भावना छ ? अवश्य छ । तर, के हामी त्यो अवस्थामा पुगेका छौँ ? हाम्रो मूल्याङ्कनमा छैनौँ ।’ यता, विश्व स्वास्थ्य संगठनको आपत्तकालिन स्वास्थ्य कार्यक्रमका प्रमुख माइक रायनले भने महामारीका लागि सबै तयारी गर्नुपर्ने अवस्थामा यो भाइरसको संक्रमण पुगिसकेको बताएका छन् । चीनबाहिर यतिबेला दक्षिण कोरियामा सबैभन्दा बढी ८३० जना संक्रमित छन् भने ८ जनाले ज्यान गुमाइसकेका छन् । इटालीमा संक्रमितको संख्या २२९ पुगेको छ भने सात जनाले ज्यान गुमाएका छन् । इरानमा पनि कोरोनाभाइरस संक्रमितको संख्या ६१ पुगेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed