Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

२०७६ फागुन ११, डडेल्धुरा । कैलालीको धनगढीबाट लागुऔषध खैरो हेरोइनसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अछामको चौरपटी गाउँपालिका–४ घर भई धनगढी उपमहानगरपालिका–४ मा बस्दै आएका विजय साउद र धनगढी उपमहानगरपालिका–२ का ३३ वर्षीय सुनिल कुँवर रहेका छन् । धनगढी–४ बसपार्कमा रहेको अछाम होटलबाट तीन ग्राम ४१० मिलिग्राम खैरो हेरोइनसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका साउद अछाम होटलका सञ्चालक हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीका अनुसार पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed