![]()
२०७६ माघ २३, काठमाडौँ – चीनमा कोरोना भाइरसको प्रकोपपछि त्यहाँबाट फर्काइन लागिएका नेपालीलाई सरकारले उपत्यकाका विभिन्न चार स्थानमा ‘आइसोलेटेड वार्ड’ बनाएर राख्ने तयारी गरेको छ । उपत्यकाका शिवपुरी, इचंगुनारायण, सूर्यविनायक र खरिपाटीमा चीनबाट फर्कन चाहने आफ्ना नागरिकलाई सरकारले ‘क्लोज अब्जर्भेसन’मा राख्न लागेको हो । चीनस्थित नेपाली दूतावासमा करिब २ सय जना नेपालीले आफूलाई यथाशिघ्र स्वदेश फर्काउन निवेदन दिएका छन् ।
स्वास्थ्य मन्त्रालयसहित सम्बन्ध विभिन्न मन्त्रालयका अधिकारीसहितको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट फर्किन चाहेका आफ्ना नागरिक कोरोनाबाट संक्रमित भएको वा नभएकोबारे थाहा पाउन १४ दिनसम्म आइसोलेटेड वार्डमा राख्नु पर्ने भएकाले ती स्थानमा व्यवस्थापन गर्न निर्देशन दिएका हुन् ।


