![]()
२०७६ माघ १९, काठमाडौं । महिला मित्रबाटै बलात्कार आरोप लागेका संघीय प्रहरी इकाइ कार्यालय धरानमा कार्यरत एसएसपी शौरभ राणाले आइतबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । सुनसरी जिल्ला प्रहरी कार्यालय पुगेका राणाले आत्मसमर्पण गरेको सुनसरी प्रहरी प्रमुख एसपी यज्ञराज पोखरेलले जानकारी दिए । राणालाई पक्राउ गर्ने तयारी प्रहरीले गरिरहेको थियो । लामो समयदेखि घनिष्ठ सम्बन्ध रहेकी भनिएकी एक महिलाले ‘जबर्जस्ती करणी’ गरेको भन्दै सौरभबिरुद्ध जाहेरी दिएकी थिइन् ।


