![]()
भारतका वामपन्थी युवा नेता कन्हैया कुमारलाई प्रहरीले पक्राउ गरेको छ । जेएनयूका पूर्वअध्यक्ष समेत रहेका उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । कन्हैयालाई चम्परणस्थित हिरासतमा राखिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । गान्धी स्मारक संग्रहालय गइरहेका उनलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ । कन्हैयाले यसअघि भारतको नागरिकता संशोधन कानुनको विरोध गर्दै आएका थिए । केही वर्षअघि जवहरलाल नेहरु विश्वविद्यालयमा रहँदा उनीमाथि देशद्रोहको मुद्दा समेत लगाइएको थियो ।


