Breaking News.... EverestOnlineKhabar
June 5, 2026

अजय देवगनको नयाँँ फिल्म मैदानको पहिलो पोस्टर सार्वजनिक

Loading

केही दिन पहिला अजय देवगनले आफ्नो फिल्म मैदानको एक पोस्टर शेयर गरेका थिए । अब यो फिल्मको ‘फर्स्ट लुक’ बाट अजय देवगनले पर्दा हटाएका छन् । फिल्म मैदानमा अजय देवगन भारतीय फुटबलका महान कोच सैय्यद अब्दुल रहीकको भूमिका निभाइरहेका छन् । जसको लुक्स सार्वजनिक भएको छ । फिल्मको पहिलो पोस्टरमा अजय देवगनलाई कोचको लुक्समा देख्न सकिन्छ ।

पोस्टरमा अजयका साथमा फुटबल टीमका खेलाडीपनि उभिएका छन् । खेलाडी जुन मैदानमा उभिएका छन् त्यहाँ पानी परिरहेको छ र उनीहरु माटोमा लतपतिएका छन् । त्यस्तै दोस्रो पोस्टरमा अजयको पूरा स्वरुप देख्न पाइन्छ । जसमा अजय एक्लै छन् । एक सामान्य मानिसको रुपमा उनले सर्ट र पाइन्ट लगाएका छन् । उनको हातमा व्याग र छाता रहेको छ । साथै उनी फुटबललाई हानिरहेका छन् । उनको अनुहारमा हल्का मुस्कान पनि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed